फोहर फाल्ने ठाउँ नपाउँदा सदरमुकाम क्षेत्रमा फोहरै फोहोर 

५ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

फोहर फाल्ने ठाउँ नपाउँदा सदरमुकाम क्षेत्रमा फोहरै फोहोर 


ललित सामन्त, कार्तिक २५ दार्चुला ।
दार्चुला सदरमुकाम क्षेत्रमा फोहर फाल्ने ठाउँ नपाएपछि सदरमुकाम क्षेत्रमा फोहरै फोहर भएको छ ।
दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमै सरसफाईको निकै दयनिय बनेपछि महाकाली नगरपालिका वाड नम्वर ४ वजार क्षेत्रमा  फोहर नउठाए पछि  बजारमा जता त्यतै फोहर भएको  स्थानीयहरुको गुनासो छ ।
जिल्ला सदरमुकाम क्षेत्रमा जिल्लाका अन्य स्थानको भन्दा सरसफाईको अवस्था सेवा सुविधाको अवस्थामा केही बलियो देखिनु पर्ने हो तर दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा भने सरसफाईको क्षेत्रमा निकै कमजोर देखिएको छ । जिल्ला सदरमुकाम खलंगा क्षेत्रमै सरसफाईको अवस्था दयनिय अवस्था भएपछि सिंगो जिल्ला नै सरसफाईमा पछाडि छ भन्ने सन्देश जाने जानकारहरुको भनाई छ । जिल्ला सदरमुकाम क्षेत्र महाकाली नगरपालीका भित्र  पर्दछ ।
महाकाली नगरपालीकाको वार्ड नम्बर ४÷५ क्षेत्रलाई सदरमुकाम क्षेत्र भनिदै आएको छ । यही क्षेत्रमा नै सरसफाईको अवस्था कमजोर पनि भएको छ । यसकारणले गर्दा दार्चुला सदरमुकाम क्षेत्रमा विभिन्न कामले दार्चुला सदरमुकाम क्षेत्रमा आउने व्यतिmहरुले  जिल्ला सदरमुकाम क्षेत्रमै फोहोर व्यवस्थापन नहुदा दार्चुलाको अन्य ठाउँको सरसफाई कस्तो होला भन्ने प्रश्न पनि उब्जिने गरेको छ । यता महाकाली नगरपालीकाले दार्चुला सदरमुकाम क्षेत्रमा फोहर व्यवस्थापन गर्न यसअघि पनि महाकाली नगरपालीकाको वार्ड नम्बर ७ धाप स्थित मसिन बलुवा भन्ने ठाउँमा फोहर फाल्ने गरेता पनि त्यहाका स्थानीयहरुको जग्गा भएपछि फोहरका कारण वातावरण पनि दुर्गन्धित हुनका साथै स्थानीयहरुलाई फालेको फोहोर हटाउन पनि समस्या भएपछि स्थानीयहरुले विरोद्ध गरको त्यहाँका स्थानीयहरुको भनाई रहेको छ । त्यस्तै स्थानीयहरुले विरोद्ध गरेपछि सरसफाई गर्नमा समस्या आएको महाकाली नगरपालीका वार्ड नम्बर ५ का वडा अध्यक्ष तोरण प्रशाद अवस्थीले बताउनु भयो । यसै विच आज नै यस विषयमा त्यहाँका स्थानीयहरु संग छलफल भईरहेको पनि वडा अध्यक्ष अवस्थीले जानकारी दिनु भएको छ ।
जिल्ला सदरमुकाम खलंगा क्षेत्रको फोहर फाल्न प्रत्येक दिन नगरपालीकाको टिप्पर लगाईन्छ भने नगर सरसफाइका लागि केही जनशतिmहरुको समेत महाकाली नगरपालीकाले व्यवस्था गरेको छ ।