निर्मला पन्तको न्यायकाे लागि अनिश्चितकालीन धर्ना शुरु

६ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

निर्मला पन्तको न्यायकाे लागि  अनिश्चितकालीन धर्ना शुरु

 

दृष्टिकोण समाचार कार्तिक २५ । कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ  गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो ।निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ । यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी समेत दिइसकेका छन् । अनिश्चितकालीन धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै अामरण अनसनमा बस्ने  पन्तले  बताएका छन् ।