नेविसंघद्धारा शैक्षिक संस्था बन्द

६ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

नेविसंघद्धारा शैक्षिक संस्था बन्द

दृष्टिकोण समाचार कार्तिक २५ । काभ्रे । प्रधानमन्त्रीको तस्वीर विगारेर कार्टुन बनाएर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका सामर्थक रिहाइका लागि माग गर्दै नेपाल विद्यार्थी संघले काभ्रेमा शैक्षिक संस्था बन्द गरेको छ । आफ्ना कार्यकर्ताको पक्राउ परेको अभियोगमा नेविसंघ काभ्रेले जिल्लाका सबै शैक्षिक संस्था बन्द गरेको छ । नेविसंघ काभ्रेका अध्यक्ष नृपेश वादेले वक्तव्य निकाल्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा हस्ताक्षेप गरेको भन्दै दुइ दिने शैक्षिक हड्ताल गरेको उल्लेख गरेका छन् । नेविसंघले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी नेताको रिहाइका लागि विभिन्न चरणका आन्दोलनसमेत घोषणा गरेको थियो ।प्रहरीले मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले प्रधानमन्त्रीको तस्वीर विगारेर सेयर गरेको अभियोगमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी प्रमुख रविराज खड्काका अनुसार नयाँ मुलुकी संहिता कानुन र साइवर कानुन अनुसार ढकाललाइ पक्राउ गरी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको बताए ।