धादिङमा दुईजना ग्यास बुलेटको ठक्करबाट पैदल यात्रीको मृत्यु

५ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

धादिङमा दुईजना ग्यास बुलेटको ठक्करबाट पैदल यात्रीको मृत्यु

 काठमाडौं  कात्तिक, २५  । धादिङको रोराङ गाउँपालिका(५ मा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा दुईजना पैदल यात्रीको मृत्यु भएको छ । यूपी७५एजे ५२०८ नम्बरको ग्यास बुलेटको ठक्करबाट सोही गाउँपालिका (५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यास बुलेटले अनियन्त्रित भइ उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ग्यास बुलेटको चालक भारतीय नागरिक भोला कुमारलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ । पैदल यात्रुलार्इ ठक्कर दिएको ग्यास बुलेट सडकबाट २० मिटर तल खसेको छ । ग्यास लिक भएर आगआगी हुनसक्ने भन्दै घटनास्थल सुरक्षित पारिएको प्रहरीले जानकारी दिएको छ ।