स्थानीयहरु लागे लेक तिर,, अरुबेलाको भन्दा आजभोलि व्यार फस्टाएको व्यापारीको भनाई ।।

६ बर्ष अघि

२0७५ बैशाख १८ मंगलवार

स्थानीयहरु लागे लेक तिर,, अरुबेलाको भन्दा आजभोलि व्यार फस्टाएको व्यापारीको भनाई ।।

 दार्चुला ।
दार्चुला जिल्लाको मुख्य आयआर्जनको स्रोत यार्चा गुम्बा संकलनका लागी स्थानीयहरु लेकतिर जान थालेका छन । 
दार्चुलाको हिमालि भेगहरुमा पाईने यार्सा गुम्बा संकलन गर्नका लागी यार्सा पाईने पाटनहरुमा संकलकहरु जान थालेका हुन । विशेष गरी जिल्लाको व्याँस गाँउपालीका दुहुँ गाँउपालीका, नौगाड गाँउपालीका, तथा अपिहिमा गाँउपालीकामा पाईने यार्सा संकलनका लागी एक महिनाको लागी रासन तथा आवश्यक समग्रीहरुको जोहोगरी लेकतिर जान थालेका छन । एक दुई महिना दुःख गरि बर्षभरी खानको लागी जोहो गर्न हिमालि गाँउपालीकाका स्थानीय तथा जिल्ला बाहिरबाट आएका स्थानीयहरु अहिले जिल्ला प्राशानकार्यालय तथा अपिनाम्पा संरक्ष क्षेत्र कार्यालयबाट परिचय पत्रको लागी सिपारीस लगि लेकतिर जाने तयारी गरिरहेका छन । 
दई देशको सिमाना रहेको व्याँस गाँउपालल्कामा आफनै देश जानकालागी पनि दुवै देशबाट अनुमती लिनु पर्ने हुन्छ । योबर्ष यार्सा संकलकहरुले जकेट चुत्ता तथा विभिन्न समग्रीहरु लग्ने गरेकोले अरु बेलाको भन्दा बढि व्यापार हुने गरेका भारतको पिथैरागड जिल्ला अन्त्रगत धार्चुलाका व्यापारी  मानधोज सिह ग्रव्याङले बताउनु भयो । व्याँस गाँउपालीका वडा नं. १ मा जानको लागी बहु अनुमति पत्र तथा प्रस्थान प्रवेश अनुमति पत्रहरु बनाउनेको संख्या बढिरहेको भए पनि योसाल अरु गाँउपालीकाका स्थानीयहरुले पनि अनुमति पत्र लिने गरेको स्थानीय व्यवसायी  सुरेश सिह ठगुन्नाले जानकारी दिनु भयो । यार्सा गुम्बा संकलन तथा घुम्नको लागी जिल्ला भरिका स्थानीयहरु यार्सा पाईने पाटनहरुमा जाने गरेका छन । व्यापारीहरुले चौरीगाई, भेडाच्याङग्रा तथा घोडाखच्डहरुमा समान ओसापोसर गरिरहेका छन ।  
अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन समिति दार्चुलाले यार्सा व्यवस्थापन योजना २०७३ ले जेठ महिनाको दोस्रो साता बाट पटनहरु खुल्ला गर्ने निर्णय गरिएको भएपनि सबै सर्वसाधारणहरुको आग्रहमा बैसाख २० गतेबाट यार्सा पाईने पाटनहरु खुल्ला गर्ने निर्णय गरेका छन ।