कानुन निर्माणमा सरकार अल्झिँदा विकास निर्माणको काम हुन सकेन ।।

५ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

कानुन निर्माणमा सरकार अल्झिँदा विकास निर्माणको काम हुन सकेन ।।

 उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नयाँ संविधान निर्माणको तीन वर्ष भित्रमा राज्य सञ्चालनमा चाहिने कनुन निर्माण गर्न सरकार लागि परेकोले सरकारलाई काम गर्न कठिन परेको बताउनुभयो । सरकार अब विकास निर्माणमा जुटि सकेको र जनअपेक्षा अनुसार विकास निर्माण गर्नेसमेत उहाँले बताउनुभयो । 
कानुन नभए राज्य सञ्चालन पद्धती मै समस्या आउने भएकाले विकास निर्माण भन्दा पहिलो प्राथमिकता कानुन निर्माण भएकोले जनताले आशा गरे अनुसार विकासको गति अघि बढ्न नसकेको स्वीकार्दै अबका दिनमा विकासले गति लिने उहाँले बताउनुभयो । 
ताप्लेजुङमा रहेको पाथिभरा मन्दिरको दर्शन पछि फर्कने क्रममा फुङ्लिङमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले कानुन निर्माण प्रकृयाको फेरो एक चरणका लागि पूरा हुँदै गएकोले सरकारको अबको ध्यान विकास निर्माणतर्फ केन्द्रित हुने बताउनुभयो । 
सरकारको गति सुस्त भएको होइन, संक्रमणकाल कायम रहेको अवस्थामा अरु थुप्रै विषय मिलाउनमा सरकारले ध्यान दिनुपर्ने भएकोले जनताले सोचे जस्तो विकासको गति अघि बढ्न नसकेको हो’ मन्त्री पोखरेलले बताउनुभयो ।
अब जनताले गुनासो गर्नु नपर्ने गरी सरकारले जनताका आवश्यकता निवारण गर्दै लैजाने कुरामा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । नयाँ संविधान अनुसार संघीयताको कार्यान्वयन गर्न तल्लीन रहेको सरकारका अघि थुपै्र चुनौती र समस्याको चाङ रहेको बताउँदै मन्त्री पोखरेलले यी सबै विषयको सम्बोधनमा सरकारको ध्यान जाने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेतासमेत रहनुभएका पोखरेलले दुई पार्टीको एकीकरण प्रकृयाले मंसिर पहिलो साताबाट तीव्रता पाउने बताउनुभयो । उहाँले मंसिर दोस्रो साता भित्रमा प्रदेश स्तरका र मंसिर भित्रमा जिल्ला तथा जनवर्गीय संगठनको एकता टुग्याउने दावी गर्नुभयो 
पार्टी भित्रका नेताले गरेको सरकारको आलोचनालाई उहाँले स्वभाविक भएको बताएका बतनउनुभयो । ‘कुन ठाउँमा र कसरी कुरा राख्ने भन्नेमा फरक मत भए पनि सरकार राम्रोसँग चलोस् र जनअपेक्षा सम्बोधन गरोस् भनेर शुभेच्छा राख्नु नराम्रो बिषय होइन पोखरेलले भन्नुभयो ।।