५.१ रेक्टर स्केलको भुकम्प गयो

५ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

५.१ रेक्टर स्केलको भुकम्प गयो


दृष्टिकोण समाचार कार्तिक २५, दार्चुला । दार्चुला जिल्लामा आज दिउँसो १२ बजेर ५२ मिनेटमा ५.१ रेक्टर स्केलको भुकम्प गएको छ । दार्चुला जिल्लाको उत्तरमा पर्ने भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानमा केन्द्र बिन्दु बनाई भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो । भुकम्पबाट भौतिक तथा मानविय कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा मात्र नभएर प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा भुकम्प गएको छ । दार्चुला जिल्ला भुकम्पिय दृष्टिकोणले उच्च जोखिमपूर्ण भएकाले कुनै पनि समयमा भुकम्प जान सक्ने हुदाँ सबैले शर्तकता अपनाउनु पर्ने भुकम्प विद्हरुले बताएका छन् ।