कार्तिक २९ गते दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको राष्ट्रको सातौ धाम मालिकार्जुन मन्दीरमा लागेको रात्रीकालीन जात्रा हेरेर घर फर्किने क्रममा शुक्रबार विहान साढे ३ बजे तीर शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीको बगजेबला भन्ने स्थानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुईजना भारतीय नागरिक रहेका छन् । विजनौर जिल्ला युपी स्थायी ठेगाना रहेका ४५ बर्षका मोहमद साकिर,सोही ठाउँका १८ बर्षका महोमद वसिर रहेका छन् । त्यसैगरी दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का तीस बर्षका विरेन्द्र रावल उहाँकै श्रीमती २८ बर्षकी शान्ति रावल, शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नक्तडका ४५ बर्षका दिलिप विष्ट, बैतडि जिल्ला डिलासैनी गाउँपालिका ५ नगराउका ४५ बर्षका विरेन्द्र बोहरा, सोही ठाउँका १५ बर्षका सुजिब बोहरा र शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गाजरीका ४९ बर्षकी मिना लेखक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो । घाइते हुनेहरुमा मालिकार्जुन गाउँपालिका ८ पस्तीका चालक सुनील जोशी, भारतीय नागरिक पीलिभितका १७ बर्षका सोहील शाह, डिलासैनी गाउँपालिका वडा नम्बर ४ का उत्तम रोकाया, शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का ७ बर्षका सन्दीप रावल र सोही ठाउँका २२ बर्षका प्रकाश डागा रहेका छन् । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालकको अवस्था गम्भिर रहेको बताइएको छ ।
म १ ज ३३८ नम्बरको १३ जना सवार रहेका थिए, घटनाको कारन खुल्न सकेको छैन । जिप सडकबाट तीन सय मिटर तल खसेको छ ।