कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

१ महिना अघि

२0८१ श्रावण १७ बिहीबार

कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

 कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका २, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिए । खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरे उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ । स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि दोधाराचाँदीनस्थित अस्पतालमा राखिएको छ ।