एक किलो कोकिनसहित २ विदेशी पक्राउ

१ महिना अघि

२0८१ श्रावण ३ बिहीबार

एक किलो कोकिनसहित २ विदेशी पक्राउ

एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो । इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो । उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । उनी कतार एअरलाइन्सबाट १ साउनमै काठमाडौं आएका थिए । उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध ल्याएको खुलेको छ । ज्याकेटबाट निकालेर जुसको बट्टामा रालेको अवस्थामा कोकिन बरामद भएको थियो ।