तिहारको सामान किनेर घर फर्किने क्रममा भिरबाट लडेर एकको मृत्यु

५ बर्ष अघि

२0७५ कार्तिक २३ शुक्रबार

तिहारको सामान किनेर घर फर्किने क्रममा भिरबाट लडेर एकको मृत्यु

दृष्टिकोण समाचार कार्तिक २३ । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल बजार नगरपालिका–५ का ५० वर्षीय बखतबहादुर थापा हुन् । गैरिटाड बजारबाट तिहारको लागि चाहिने आवश्यक सामग्री किनेर घर फर्किने क्रममा वडाको माटिखाने भिरबाट खसेर ज्यान गएको वडा अध्यक्ष नन्दसिंह चलाउनेले जानकारी दिनु भयाे । बिहीबार बेलुकी साढे ६ बजे सडकबाट २ सय मिटर तल खस्दा मृतक थापाको टाउकोमा गम्भीर चोट लाग्दा घटना स्थलमै ज्यान गएको अध्यक्ष चलाउनेले बताए । मृतक थापाका ३ छोरा र १ छोरी श्रीमती छन् । मृतक थापा महाकाली मावि कुइकामा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए ।