त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न कामचलाउ प्रधानमन्त्रीको निर्देशन

२ महिना अघि

२0८१ असार ३१ आईतवार

त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न कामचलाउ प्रधानमन्त्रीको निर्देशन

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् । आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै खोजीकार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका हुन् । प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसमेत दिए । देशको राजनीतिक परिस्थिति जस्तो भए पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न प्रचण्डले आग्रहसमेत गरे ।