दार्चुला जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 

२ महिना अघि

२0८१ असार २१ बिहीबार

दार्चुला जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 

दार्चुला जिल्ला पुर्ण खोप समन्वय समितिको आयोजनामा बिहीवार खल‌गामा आयाेजित एक कार्यक्रमका बीच जिल्लालाई पुर्ण खाेप सुनिश्चित घाेषणा गरिएकाे हाे । पहिलाे पटक  २०७३ मा दार्चुला जिल्लामा खाेप पाउने सबै बालबालिकाले सबै खाेप पाइसकेकाेले पुर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएकाे थियाे । त्यसयता प्रत्येक बर्ष १३ वटा खाेप पाउने उमेर समुहका सबै बालबालिकाहरुले सबै खाेप पाउदै आएकाले यसकाे दिगाेपनाकाे लागि सबै स्थानीय तहले पुर्ण खाेप शुनिश्चितता गरेपछि जिल्ला घाेषणा गरिएकाे जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खाेप सुपरभाइजर बिरेन्द्र भट्टले जानकारी दिनु भयो ।