लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो । प्रधानमन्त्री

२ महिना अघि

२0८१ असार १२ मंगलवार

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो । प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘नेपाल सरकार नेपाल(भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’ प्रधानमन्त्री प्रचण्डले भने । आफूले भारत भ्रमणका क्रममा नेपाल(भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए । तर, नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्न उठ्दै आएको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाल(भारतका दुई पक्षीय संयक्र क्रियाशिल गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।