नगरपालिकाको दमकल प्रयाेग नहुँदा आगलागी भएर पाँच घर नष्ट

५ बर्ष अघि

२0७५ कार्तिक २३ शुक्रबार

नगरपालिकाको दमकल प्रयाेग नहुँदा आगलागी भएर पाँच घर नष्ट

दृष्टिकोण समाचार कार्तिक २३ । खोटाङको दिक्तेलमा शुक्रबार बिहान आगलागी भएको छ । करिब साढे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ । आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको छ ।आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए । आगलागीबाट भएको क्षति विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । नगरपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । दिक्तेल रुपाकोट नगरपालिकाको दमकल भने थन्किएरको छ ।