बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, 

२ महिना अघि

२0८१ असार १२ मंगलवार

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, 

टी २० विश्वकप २०२४ को सुपर ८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर(८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७ ,५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४,४ र फजलहक फारुकी र गुलबदिन नाबी एक,एक विकेट लिए । यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर ८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो ।