टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया खेल्दै

२ महिना अघि

२0८१ असार ११ सोमबार

टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । यो खेल बेलुका सवा ८ बजे सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुनेछ । लगातार दुई खेल जितेको भारत समूह ‘एक’ को शीर्ष स्थानमा छ । भारतले अफगानिस्तान र बङ्गलादेशलाई हराएको थियो । अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको थियो भने अफगानिस्तानसँग हारेको थियो । आज भारतलाई जितेमा अस्ट्रेलिया पनि सेमिफाइनलमा पुग्नेछ । तर आज भारतसँग हारेमा भने भोलि बङ्गलादेश र अफगानिस्तानको खेलको नतिजा कुर्नुपर्नेछ । आज अस्ट्रेलिया भारतसँग हारेमा र भोलि अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ ।