गाजामा खाना र पानीको अभावका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर

२ महिना अघि

२0८१ असार १0 आईतवार

गाजामा खाना र पानीको अभावका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर

इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । ४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको छ । इजारयल–गाजा युद्धमा घर ध्वस्त भएका कारण लाखौँ मानिस विस्थापित भएका छन् । उनीहरू अस्थायी शिविरमा बसिरहेका छन् । जहाँ तातो घामबाट उनीहरूलाई खासै सुरक्षा छैन । सफा वा प्रदूषित पानी पाउन गाजामा निकै सङ्घर्ष गर्नुपर्छ । वितरण केन्द्रमा लामो लाइन हुने गर्छ । ढल प्रणालीमा नराम्रो क्षति भएपछि र थोरै मात्र शौचालयका कारण त्यहाँको पानी सहजै प्रदूषित हुने गर्छ । गाजामा हरेक व्यक्तिको आन्द्रामा सङ्क्रमण देखिन थालेको र त्यो प्रदूषित पानीका कारण रहेको नासेर अस्पतालका बालबालिका विभागका प्रमुख डाक्टर अहमद अल–फारीले बताउनुभएको बीबीसीले जनाएको छ । इजरायलले भने बालबालिकाले खाना र पानी नपाएको कुरालाई अस्वीकार गरेको छ ।