सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

२ महिना अघि

२0८१ असार १0 आईतवार

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । गएको शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आज तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।