महाकालीमा बेपत्ता एक किशोरीको शव फेला, एक जना अझै बेपत्ता

२ महिना अघि

२0८१ असार १0 आईतवार

महाकालीमा बेपत्ता एक किशोरीको शव फेला, एक जना अझै बेपत्ता

बैतडीको शिवनाथ गाउँपालिका १ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको टोलीले शनिबार एक किशोरीको शव फेला पारेको हो । शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको हो । बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भइरहेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।