ट्रम्पलाई एकै व्यक्तिले दिए ५० मिलियन डलर चन्दा

२ महिना अघि

२0८१ असार ८ शुक्रबार

ट्रम्पलाई एकै व्यक्तिले दिए ५० मिलियन डलर चन्दा

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलन एक्लैले ५० मिलियन डलर बराबरको चन्दा दिनुभएको छ । यसअघि न्यूयोर्क अदालतले ट्रम्पलाई दोषी ठहर गरेको भोलिपल्टै मेलनले नेपाली रुपैयाँअनुसार छ अर्ब रुपैयाँभन्दा धेरै चन्दा दिने घोषणा गर्नुभएको थियो । ट्रम्पलाई चुनाव अभियानका लागि चन्दा दिनेहरुको सङ्ख्या बढ्दै गएको बीबीसीले जनाएको छ । त्यस्तै अर्बपति लिज र डिक उइलेनले पनि ट्रम्पलाई १० मिलियन डलर चन्दा दिनुभएको छ । चन्दा रकम बढेसँगै ट्रम्पको चुनावी अभियान पनि खर्चिलो बन्दै गएको छ । पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति जो बाइडेनभन्दा बढी खर्च गरेको खबरमा उल्लेख छ । मत सर्वेक्षणहरूले आउँदो राष्ट्रपतीय चुनाव ट्रम्पले जित्न सक्ने सम्भावना देखाइरहेका छन् ।