लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइने

२ महिना अघि

२0८१ असार ७ बिहीबार

लागु औषध विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइने

लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्दको अन्तराष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा दार्चुलामा पनि मनाईने भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा विहिबार बसेको सरोकारवालाहरुको बैठकले जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । २० देखि २६ जुन, २०२४ लाई सप्ताहव्यापी रुपमा देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाउने गृह मन्त्रालयको निर्णय अनुसार दार्चुला जिल्लामा पनि कार्यक्रम गर्न लागिएको हो । दिवसको अवसरमा  देहाय बमोजीम गर्ने । सीमानाका तथा यातायतका साधनहरुमा लागु औषधको प्रयोग तथा ओसार पसारका बारेमा कडा चेकजाँच गर्ने, असार ९ देखि १२ गतेसम्म विभिन्न स्कुल तथा क्याम्पसहरुमा जनचेतनामुलक कार्यक्रम गर्ने, स्थानीय तहको नीति तथा कार्यक्रममा लागु औषध दुरुपयोग विरुद्धको अभियानलाई समावेश गर्न जिल्ला स्थित सबै स्थानीय तहलाई अनुरोध गर्ने लागयतका निर्णयहरु गरिएका छन् ।
निर्णयहरु