बैतडीमा ट्रक चालकको हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

२ महिना अघि

२0८१ असार ७ बिहीबार

बैतडीमा ट्रक चालकको हत्या अभियोगमा शिक्षिकासहित ५ जना पक्राउ

बैतडीको पाटन नगरपालिका ६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनको हत्या अभियोगमा प्रहरीले पाटन नगरपालिका ६ की ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पुन्टु भनिने २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका १ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको बैतडीका डीएसपी दिपक गिरीले जानकारी दिए । प्रारिम्भक अनुसन्धानका क्रममा बिष्टको शिक्षिका समेत रहेकी भागरथी बिष्टको घरमा हत्या भएको खुलेको उनको भनाइ छ । असार १ गते राति बिष्टको हत्या गरी दोस्रो दिन राति प्लाष्टिकमा बेरेर खोलामा शव फालेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका ध्ये शिक्षिक बिष्टसहितका चार जना घटनामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ । अर्का आरोपी भरतमोहन बिष्ट मुख्य अभियुक्त भागरथीका नातेदार भएकाले अप्रत्यक्ष रुपमा घटनामा सघाएको आशंका गरिएको छ । तर, मृतकका परिवारले उनका नाममा समेत किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । मृतक बिष्ट नातामा हाल प्रहरी हिरासतमा रहेकी भागरथी बिष्टका कान्छा ससुरा पर्छन् ।