आईसीसी महिला टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु

५ बर्ष अघि

२0७५ कार्तिक २३ शुक्रबार

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु

दृष्टिकोण समाचार कार्तिक २३ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट आजदेखि वेष्ट इण्डिजमा सुरु हुँदैछ । डिफेन्डिङ च्याम्पियन वेष्ट इण्डिजले बंगलादेशविरुद्धको खेलबाट उपाधि रक्षाको अभियान सुरु गर्दैछ । गुयनामा हुने खेल नेपाली समय अनुसार भोलि बिहान पौने ६ बजे सुरु हुनेछ । त्यसअघि सोही मैदानमा भारत र न्यूजिल्याण्ड खेल्दैछन् । शनिबार बिहानै अष्ट्रेलिया र पाकिस्तानको महिला टिमबीच पनि प्रतिष्पर्धा हुँदैछ । महिला टी–२० विश्वकपमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इण्डिज छन् भने समूह बी मा अष्ट्रेलिया, भारत न्यूजिल्याण्ड, पाकिस्तान र आयरल्याण्ड छन् ।