म नेपाली टिमको समर्थक हुँ, नेपाल जीतको हकदार थियो  डेल स्टेन

३ महिना अघि

२0८१ असार ३ आईतवार

म नेपाली टिमको समर्थक हुँ, नेपाल जीतको हकदार थियो  डेल स्टेन

दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेल स्टेनले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेललाई प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट खेल भनेका छन् । खेल सकिएपछि प्रतिक्रिया दिँदै डेल स्टेनले आफूले नेपालले जितेको देख्न चाहेको पनि बताएका छन् । , ‘यो हेर्नलायक खेल थियो मलाई लाग्छ, यो यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट खेल थियो । म दक्षिण अफ्रिकी खेलाडी भए पनि अन्डरडग जसबाट कुनै आशा गर्न सकिँदैन टिमको समर्थक हुँ । म नेपालको जीत चाहिरहेको थिएँ ।’ डेल स्टेनले स्टेडियममा मानिसहरू रोइरहेको देखेको र यो खेलले उनीहरूका लागि कति अर्थ राख्थ्यो भन्ने महसुस गरेको बताए ।