दश प्रमुख उद्देश्यका साथ सुदुरपश्चिम सरकारको साढे ३१ अर्बको बजेट

३ महिना अघि

२0८१ असार २ शनिबार

दश प्रमुख उद्देश्यका साथ सुदुरपश्चिम सरकारको साढे ३१ अर्बको बजेट

सुदुरपश्चि प्रदेश सरकारले प्रमुख १० वटा उद्देश्य राखेर साढे ३१ अर्बको बजेट ल्याएको छ । शनिबार सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरन्द्रबहादुर पालले आगामी आर्थिक बर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बार्षिक बजेट प्रस्तुत गरेका हुन् ।
बजेटका प्रमुख उद्देश्यहरुमा रोजगारी अभिबृद्धि गर्नु, स्वचालित प्रादेशिक अर्थतन्त्रको निर्माण गर्नु, उत्पादनको व्यवसायिकरण र बजारीकरण गर्नु, साँस्कृतिक रुपान्तरण तथा सामाजिक न्याय र समता हासिल गर्नु रहेका छन् । त्यस्तै उद्यमशिलताको प्रवर्धन गरी मानव पूँजी निर्माण गर्नु, विपद्को प्रभावलाई थेग्न सक्ने उत्थानशील भौतिक पूर्वाधारको विकास गर्नु, सार्वजनिक वित्त व्यवस्थापनमा अनुशासन र सन्तुलन कायम गर्नु,  राजश्व बाँडफाँटको प्रभावकारी उपयोग गर्दै वित्तीय संघीयता कार्यान्वयनमा जोड दिनु, तथ्याङ्क प्रणाली सुदृढीकरण तथा अनुसन्धान र विकासमा जोड दिनु तथा प्रभावकारी सेवा प्रवाह र सुशासनको प्रत्याभूति गराउनु बजेटका प्रमुख उद्देश्य उल्लेख गरिएका छन् ।