कर्णाली प्रदेशको बजेट विनियोजन गरियो

३ महिना अघि

२0८१ असार २ शनिबार

कर्णाली प्रदेशको बजेट विनियोजन गरियो

कर्णाली प्रदेशमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१,०८२ का लागि बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । अर्थमन्त्री केसीले प्रदेशको गरिबी निवारण र रोजगारीका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रदेशका सबै वडामा सञ्चालन गरिने बताए । ‘यो कार्यक्रमबाट १६ हजार बेरोजगारीले आंशिक रोजगारी प्राप्त गर्ने अनुमान गरेको छु,’ मन्त्री केसीले भने ।