कोशीको बजेट

३ महिना अघि

२0८१ असार २ शनिबार

कोशीको बजेट

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले  प्रदेशको बजेट ल्याएका छन् । शनिबारको प्रदेशसभा बैठकमा उनले आगामी आर्थिक वर्ष २०८१,८२ को बजेट पेश गर्दैछन् । प्रदेशको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अल्लो र ढाकाको झोलामा बजेट ल्याएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलले बताए । १५ असारमा संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि अल्लो र ढाकाको झोलामा बजेट वक्तव्य ल्याएका थिए । कोशीका अर्थमन्त्री मगरले ३५ अर्ब ५० करोड हाराहारीको बजेट प्रस्तुत गर्नेछन् ।