दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि रामाफोसा निर्वाचित

३ महिना अघि

२0८१ असार २ शनिबार

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि रामाफोसा निर्वाचित

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि सिरिल रामाफोसा निर्वाचित हुनुभएको छ । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कांग्रेस एएनसी र विपक्षी दलहरूबिच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एक पटक माफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो । नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर–राइट डेमोक्रेटिक एलायन्स डीए र साना दलहरू सामेल छन् । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गर्दै देशको हितमा सबै मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रामाफोसा यसअघि सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।