टी–२० विश्वकप  नेपाल एक रनले दक्षिण अफ्रिकासँग पराजित, ऐतिहासिक जित निकाल्न  चुक्यो

३ महिना अघि

२0८१ असार २ शनिबार

टी–२० विश्वकप  नेपाल एक रनले दक्षिण अफ्रिकासँग पराजित, ऐतिहासिक जित निकाल्न  चुक्यो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । नेपाल दक्षिण अफ्रिकालाई हराउँदै सुपर आठमा पुग्ने सम्भावना कायमै राख्न असफल भएको छ । आजको खेल जित्न सकेको भए नेपालको सिनियर टोलीले पहिलो पटक टेस्ट देश दक्षिण अफ्रिकालाई हराएर ऐतिहासिक जित हुने थियो । दक्षिण अफ्रिकाले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १४ रन बनायो । नेपालका आशिफ शेख सर्वाधिक ४२ रनमा आउट भए । अनिल शाह २७, कुशल भुर्तेल १३, दिपेन्द्रसिँह ऐरी ६, कुशल मल्ल १ र कप्तान रोहित पौडेल २ बलमा खाता नै नखोलि आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे । अन्तिम बलमा रन आउट भएका गुलशन झाले ६ रन बनाए ।