सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

३ महिना अघि

२0८१ असार २ शनिबार

सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैअनुसार कोशी, मधेश, बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् । प्रदेश सरकारको बजेटमा पनि कृषि, पर्यटन, शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार मुख्य प्राथमिकतामा पर्ने देखिन्छ । कोशीमा नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भैसकेको छ । प्रदेशको योजना आयोगले यसअघि आउँदो आर्थिक वर्ष २०८१०८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाखको बजेट सिलिङ तोकेको थियो । त्यस्तै मधेश प्रदेश सरकारले बजेटका लागि  अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्नुहुनेछ । मधेश प्रदेश सरकारले झण्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरेको छ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । लुम्बिनी प्रदेश सरकारले पनि आज बजेट ल्याउँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१८२ को वार्षिक नीति तथा कार्यक्रम हिजो बहुमतले पारित भएको छ ।  त्यस्तै कर्णाली प्रदेश सरकारको दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नुहुनेछ । सुदूरपश्चिम प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नअघि प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरिएको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो ।