चितवनको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खस्यो, २० जना घाइते

३ महिना अघि

२0८१ असार १ शुक्रबार

चितवनको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खस्यो, २० जना घाइते

चितवनको इच्छाकामना गाउँपालिकाको  फिस्लिङ नजिकै आज बिहान बस र कार ठोक्किँदा २० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशा गुडिरहेका बा प्र ०१  ०२९ च ३७२० नम्बरको कार  एकआपसमा ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।  कारसँग ठोक्किएपछि बस सडकबाट करिब २५ फिट तल त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीसएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार घाइतेमध्ये ११ जनालाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ भने एकजना गम्भीर घाइतेलाई सशस्त्र प्रहरी बलको कुरिनटारमा रहेको ट्रमा सेन्टरमा प्राथमिक उपचारपछि भरतपुर नै पठाइएको छ ।