मेरा लागि सय खेलभन्दा महत्त्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो कप्तान चेम्जोङ

३ महिना अघि

२0८१ जेष्ठ ३१ बिहीबार

मेरा लागि सय खेलभन्दा महत्त्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो कप्तान चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् । फिफा विश्वकप (२०२६ र एएफसी एसियन कप (२०२७ को संयुक्त छनोट अन्तर्गतका खेल खेलि सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चेम्जोङले साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहाद रंगशालामा गत मंगलबार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका हुन् । खेलमा प्रदर्शन तलमाथि भइरहने भन्दै उनले सय खेल खेल्नुभन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । उनले आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने बताए । ‘उनले आफूभन्दा बलिया टिमहरुसँग खेल्दा अनुभव बटुल्न पाएको बताए । ‘डेब्यु गोल अविष्मरणीय नै रहन्छ । रणनीतिअनुसार म्याचमा खेल्न सक्यौँ खुशी छु । दुवै बलिया टिम थिए । बलिया टिमसँग धेरै नै अनुभव लियौँ । बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जानेछ,’ उनले भने ।