लोकल मदिरा विदेश निर्यात गर्ने गरी सरकार अघि बढोस्  दिलेन्द्रप्रसाद बडू

३ महिना अघि

२0८१ जेष्ठ ३१ बिहीबार

लोकल मदिरा विदेश निर्यात गर्ने गरी सरकार अघि बढोस्  दिलेन्द्रप्रसाद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकल मदिरा ब्रान्डिङ गर्ने बजेटको योजना राम्रो भएको बताएका छन् । नेपालको लोकल मदिरालाई विदेश निर्यात गर्ने गरी सरकार अघि बढ्नुपर्ने उनको सुझाव छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लोकल रुपमा तराई र हिमालमा परम्परागत रुपमा मदिरा उत्पादन हुने गरेको बताए । त्यहाँ प्रविधि पुर्‍याएर  लोकल मदिराको ब्रान्डिङ र मार्केटिङ गर्दै विदेश निर्यात गर्नुपर्नेमा उनले जोड दिए ।