स्थानीय तहकाे बेरुजु, वास्तविकता र सामाजिक संञ्जालको स्ट्रीम अपरेशन

३ महिना अघि

२0८१ जेष्ठ ३0 बुधबार

स्थानीय तहकाे बेरुजु, वास्तविकता र सामाजिक संञ्जालको स्ट्रीम अपरेशन

अहिले सामाजिक सञ्जालमा दार्चुला जिल्लाका स्थानीय तहहरुमा आएको बेरुजु रकमको फोटोहरु भाइरल भइरहेका छन् । महालेखापरीक्षकको कार्यालयले यहि जेठ १३ गते आर्थिक बर्ष २०७९÷८० को लेखा परीक्षणकोे ६१ औं बार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि दार्चुला जिल्लाका विभिन्न पालिकाहरुको बेरुजु रकम सामाजिक सञ्जाल भरी भाईरल गराइन लागेको हो ।
लेखापरीक्षण अंक र बेरुजु, प्रशासकीय प्रबन्ध,अर्थतन्त्र, सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक सम्पत्ती व्यवस्थान, सार्वजनिक प्रशासन, विकास व्यवस्थापन, शुसासन लगायतका विषयमा लेखापरीक्षणले संघिय, प्रेदश तथा स्थानीय सरकारहरुको अवस्था अध्ययन गरी प्रतिवेदन प्रस्तुत गरेको हो । 
वास्तविकता के हो ?
अहिले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण गत आर्थिक बर्ष २०७९÷८० को हो । तर स्थानीय तहहरुमा देखिएको करोडौँ रुपैँयाको बेरुजु कुनै स्थानीय तहहरुमा आर्थिक बर्ष २०७४÷७५ देखिको रहेको छ भने कुनैमा आ.व. २०७७÷७८ देखि रहेको छ । 
कुन पालिकामा कहिले देखि बेरुजु बाँकी (विस्तृतमा हेरौँ)
महाकाली नगरपालिका दार्चुला जिल्लाको सदरमुकाम पनि हो । महाकाली नगरपालिकामा आर्थिक बर्ष २०७४÷७५ बाट बेरुजु फस्र्यौट गर्न बाँकी छ । 


शैल्यशिखर नगरपालिका


मार्मा गाउँपालिका 


नौगाड गाउँपालिका


अपिहिमाल गाउँपालिका


लेकम गाउँपालिका


मालिकार्जुन गाउँपालिका


दुँहुँ गाउँपालिका


ब्याँस गाउँपालिका

पुरानो बेरुजु बाँकी किन ?
स्थानीय तहहरुले लेखापरीक्षण गर्दा विभिन्न शिर्षक तथा योजनाहरुमा बीलभार्पाइ दुरुस्त नगर्नु, कानुनी रुपमा प्रक्रिया पूरा नगर्नु जस्ता कारण रहेका हुन्छन् । त्यस बाहेक स्थानीय तहमा बेरुजु आइसकेपछि स्थानीय तहमा रहेको लेखा समितिले चाँसो नदिनु, तथा आर्थिक बर्ष २०७८ सालमा लेखापरीक्षकको कार्यालयले जारी गरेको NAMS नामक सफ्टवेयरको सिस्टमले बेरुजु फस्र्यौट नगर्दा बेरुजु बढी देखिएको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।