लामो आयु बाँच्न कस्तो डाइट प्लान अपनाउने 

३ महिना अघि

२0८१ जेष्ठ ३0 बुधबार

लामो आयु बाँच्न कस्तो डाइट प्लान अपनाउने 

खानपान र जीवनशैली अव्यवस्थित हुँदा स्वास्थ्यमा विभिन्न समस्या निम्तिन्छ । यसले दीर्घरोदेखि अकस्मात् मृत्युसम्मको जोखिम हुनसक्छ । स्वास्थ्य विज्ञहरुका अनुसार हामीले जे खाएपनि त्यसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । त्यसैले रोगबाट बच्न र लामो आयु बाँच्न चाहनुहुन्छ भने सबभन्दा पहिला आफ्नो आहारमा सुधार गर्नुपर्छ । केही अनुसन्धानकर्ताले मेडिटेरेनियन डाइटको खाने मानिस धेरै गम्भीर स्वास्थ्य समस्याबाट सुरक्षित रहन सक्ने बताएका छन् । यस सम्बन्धमा हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भर्खरको अध्ययनमा भनेका छन् कि ’मेडिटेरेनियन डाइट’ले क्यान्सर तथा मुटुसम्बन्धी समस्याबाट बचाउने मात्र नभई गम्भीर रोगबाट हुने मृत्युको जोखिमलाई पनि २३ प्रतिशतले कम गर्न सक्छ । यस प्रकारको डाइट प्लान महिलाका लागि निकै फाइदाजनक रहेको पाइएको छ ।

के हो मेडिटेरियन डाइट

मेडिटेरियन डाइटमा मुख्यतया वनस्पतिजन्य खाना र स्वस्थ बोसो समावेश गरिन्छ । यस डाइटमा प्रायः हरियो सागसब्जी, फलफूल र रेसादार सम्पूर्ण अन्न खान सकिन्छ भने यसमा खाना बनाउँदा जैतुनको तेल प्रयोग गर्न सल्लाह दिइन्छ । यो आहार मुख्यतया ड्राइफुड, फलफूल(सागसब्जी र रेसादार खानेकुरा भरपुर हुन्छ । यसबाहेक थोरै मात्रामा माछामासु, दुग्धजन्य पदार्थ, अण्डा कहिलेकाहीं खान सकिन्छ ।