देउसीभैलो खेलि शिक्षकलाई तलब खुवाउने

५ बर्ष अघि

२0७५ कार्तिक २३ शुक्रबार

देउसीभैलो खेलि  शिक्षकलाई तलब खुवाउने

दृष्टिकोण समाचार कार्तिक २३ । गलेश्वर । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले चार लाख ५३ हजार जुटाएको छ । मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर रकम जुटाइएको हो । यो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक केसीले जानकारी दिए । पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथर आदि ठाउँमा देउसीभैलो कार्यक्रम गरिएको  थियो ।