छिन–छिनमा बत्ती आउने जाने समस्या समाधान भएन

३ महिना अघि

२0८१ जेष्ठ ३0 बुधबार

छिन–छिनमा बत्ती आउने जाने समस्या समाधान भएन

दार्चुला जिल्लामा छिन–छिनमा बत्ती आउने जाने समस्याले सेवाग्राही हैरान बनेका छन् ।  महाकाली नगरपालिकाको थालीगाड देखि सुन्सेरा सम्मको ११ हजार केभीएको विद्युत्त प्रशारण लाईनमा लामो समय देखि बारम्बार बत्ती आउने जाने समस्या भइरहेको छ । थालीगाड सबस्टेसन देखि व्याँस गाउँपालिकाको सुन्सेरा सम्मको झण्डै ८० किलोमिटर लामो विद्युत्त लाईनमा यस्तो समस्या आएको हो । हावाहुरी तथा लामो दुरीको लाईन भएको कारणले कुनै बेला यस्तो समस्या हुने गरेको नेपाल विद्युत्त प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । 
बेला–बेला विद्युत्त आउने जाने समस्या भएपछि अफिसको काम प्रभावित हुनुको साथै विद्युत्तीय उपकरणहरुमा समेत क्षतिहुने गरेको जनगुनासो बढेको छ । विद्युत्तमा अन्य खराबी नभएको यो समस्याको समाधानको काम भइरहेको नेपाल विद्युत्त प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।