ट्वान्टी-२० विश्वकप क्रिकेट : अस्ट्रेलिया सुपर-एट पुग्ने पहिलो टिम

३ महिना अघि

२0८१ जेष्ठ ३0 बुधबार

ट्वान्टी-२० विश्वकप क्रिकेट : अस्ट्रेलिया सुपर-एट पुग्ने पहिलो टिम

अस्ट्रेलिया ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर–एट पुग्ने पहिलो टिम भएको छ । उसले बुधबार भएको समूह ‘बी’ को खेलमा नामिबियालाई सजिलै ९ विकेटले पराजित गर्‍यो । यो जितपछि अस्ट्रेलियाको तीन खेलबाट ६ अंक भएको छ । नामिबिया भने दुई अंकमै सीमित रह्यो । जितका लागि ७३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर ७४ रन बनायो । त्यसमा ओपनर ट्रेभिस हेडले ३४ रन बनाए र नट आउट रहे । यस्तै डेभिड वार्नरले २० र मिचेल मार्सले १८ रन बनाए । त्यस अगाडि पहिले ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनाएको थियो । नामिबियालाई सस्तोमा समेट्न एडम जाम्पाले सबैभन्दा बढी भूमिका खेले । उनले १२ रन खर्चेर ४ विकेट लिए । उनी नै ‘प्लेयर अफ द म्याच’ पनि भए ।