टी–२० विश्वकप  नेपाल र श्रीलङ्काको खेल रद्द 

३ महिना अघि

२0८१ जेष्ठ ३0 बुधबार

टी–२० विश्वकप  नेपाल र श्रीलङ्काको खेल रद्द 

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएको छ । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले दुई र श्रीलङ्काले एक खेल खेल्न बाँकी छ । नेपाली टोली अमेरिकाबाट वेस्ट इन्डिज जानेछ । सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग खेल्नेछ । नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ ।