बर्षायाममा सडक खन्न रोक

३ महिना अघि

२0८१ जेष्ठ ३0 बुधबार

बर्षायाममा सडक खन्न रोक

आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो अवधिभर सडक खन्न रोक लगाएको जनाएको छ । वर्षायाममा धारा, ढल,  बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्न रोक लगाएको कार्यालयले जानकारी दिएको छ । ‘सडक पनि बिग्रदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने ‍‍, सूचनामा भनिएको छ ।