असार ७ गते अगामी आर्थीक बजेट पारित गर्ने तयारी

३ महिना अघि

२0८१ जेष्ठ २९ मंगलवार

असार ७ गते अगामी आर्थीक बजेट पारित गर्ने तयारी

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ ।