बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु

३ महिना अघि

२0८१ जेष्ठ २८ सोमबार

बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु

बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान २९ वर्षीय नरेन्द्रसिंह धामी छन् । सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भरत शाहले जानकारी दिए ।