उच्च मूल्यबाट सुनको भाउ एकैदिन ४ हजार घट्यो 

३ महिना अघि

२0८१ जेष्ठ २७ आईतवार

उच्च मूल्यबाट सुनको भाउ एकैदिन ४ हजार घट्यो 

आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।