नाै बजे नै भाइटीका लगाएः पूर्वराजा ज्ञानेन्द्र

५ बर्ष अघि

२0७५ कार्तिक २३ शुक्रबार

नाै बजे नै भाइटीका लगाएः पूर्वराजा ज्ञानेन्द्र

 


दृष्टिकोण समाचार कार्तिक २३ । काठमान्डौँ  ।  पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् । भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । उनले विहान ९ः३० को शुभसाइतमा भाइटीका लगाएका छन् ।पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् ।