मन्त्रालय भागबण्डा मिलाउन मोदीलाई सकस

३ महिना अघि

२0८१ जेष्ठ २७ आईतवार

मन्त्रालय भागबण्डा मिलाउन मोदीलाई सकस


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ७३ वर्षीय मोदीका लागि प्रधानमन्त्रीको यो लगातार तेस्रो कार्यकाल हो । लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्री बन्ने उनी भारतको दोस्रो नेता हुन् । यसअघि जवाहरलाल नेहरु लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए । नेहरु १९५२, १९५७ र १९६२ मा भएका आम निर्वाचन जित्दै तीनपटक प्रधानमन्त्री बनेका थिए । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि मोदी जेठ २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए । शपथ ग्रहण समारोह आज साँझ सवा सात बजे राष्ट्रपति भवनमा हुने छ । प्रधानमन्त्री मोदीको शपथ ग्रहण पछि मन्त्रीहरुले शपथ ग्रहण गर्ने छन् । शपथ ग्रहण समारोह करिब ४५ मिनेट चल्ने छ ।  सरकार गठनमा निर्णायक भएका नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टीले आकर्षक मन्त्रालय पाउने भनिए पनि भागबण्डा सार्वजनिक भएको छैन । को–को मन्त्री बन्दैछन् भन्ने पनि अहिलेसम्म खुलाइएको छैन । सम्भावित मन्त्रीहरुको सूचीमा जितनराम माझी, राजनाथ सिंह, जयन्त चौधरी, अनुप्रिया पटेल, निनित गडकरी, सुदेश महतो, एचडी कुमार स्वामी, प्रह्लाद जोशी, जयन्त चौधरी, राममोहन नायडु, पी चन्द्रशेखर लगायत रहेको भारतीय मिडियाहरुले लेखेका छन् । मन्त्री पदको भागबण्डा मिलाउन राति अबेरसम्म अमित शाहको निवासमा भाजपा अध्यक्ष जेपी नड्डासहितका नेताहरुको बैठक बसेको थियो । अघिल्ला दिनहरुमा पनि लगातार बैठक र छलफल भइरहेको थियो । तर सहमति जुटेको छैन ।