इन्जाइमले शरीरमा के काम गर्छ 

३ महिना अघि

२0८१ जेष्ठ २४ बिहीबार

इन्जाइमले शरीरमा के काम गर्छ 


शरीरभित्र हुने रासायनिक गतिविधिहरूकै कारण मानिस जीवित र स्वस्थ रहन्छ । यी रासायनिक गतिविधिलाई गति दिने काम मानव शरीरको प्रत्येक कोषिकामा रहेको हजारौं इन्जाइमको हो । उदाहरणका लागि हामी सुत्ने, खाने, हाँस्ने, रुने, हातखुट्टा चलाउने, सास लिने सबै काम स्वत हुँदैन । पहिला शरीरमा रासायनिक प्रतिक्रिया हुन्छ, त्यसपछि मात्रै यो सम्भव छ । यी रासायनिक परिवर्तनलाई गति दिन इन्जाइमले शरीरमा उत्साह भर्छ । सबैभन्दा बढी श्वासप्रश्वास, खानाको पाचन र मांसपेशी तथा स्नायु प्रणालीको काममा यी आवश्यक छन् । 


यसको महत्व
पाचन प्रणाली इन्जाइमहरूले शरीरमा ठूला र जटिल अणुहरूको ग्लुकोजलाई मसिनो बनाउन मद्दत गर्छन् । ताकि शरीरले तिनीहरूलाई सोसेर ऊर्जाको रूपमा प्रयोग गर्न सकोस् । पाचनप्रणालीमा हुने इन्जाइमलाई पाचनरस भनिन्छ ।

इन्जाइमले काम गर्ने अवस्था 
इन्जाइमहरू केही परिस्थितिहरूमा मात्र काम गर्न सक्छन् । मानव शरीरमा अधिकांश इन्जाइमहरू लगभग  ९८।६ डिग्री फरेनहाइट ३७ डिग्री सेल्सियसमा राम्रो काम गर्छ, जुन सामान्य शरीरको तापक्रम हो । यो भन्दा कम तापक्रममा सुस्त काम गर्छन् । यदि तापमान धेरै उच्च छ वा वातावरण धेरै अम्लीय वा क्षारीय छ भने इन्जाइमले यसको आकार परिवर्तन गर्छ । जसले स्वास्थ्य समस्या ल्याउन सक्छ ।


किन हुन्छ शरीरमा इन्जाइमको कम उत्पादन 
शरीरले इन्जाइम उत्पादन गर्न नसक्ने थुप्रै कारण छन् । जसमा आमाशयको दीर्घरोग, गर्भावस्था, एन्जाइटी र मधुमेह प्रमुख हुन् । यसबाहेक उमेर ढल्किंदै जानु र जीवनशैली अस्वस्थ हुँदै जाँदा पनि शरीरले इन्जाइम पहिलेको जस्तो उत्पादन गर्न सक्दैन र शरीर कमजोर हुँदै जान्छ । त्यस्तै, धुम्रपान, एन्टिबायोटिक औषधिहरुको प्रयोग, अति प्रशोधित खानेकुरा र तनावले पनि यसको उत्पादनमा असर गर्छ ।

इन्जाइम असन्तुलन वा कमी हुनुको संकेत
एक्सोक्राइन प्यान्क्रियाटिक समस्या  यो एक अवस्था हो, जहाँ आमाशयमा पर्याप्त पाचन रसहरु हुँदैन । जसकारण खानाबाट पोषक तत्वहरू अवशोषित हुँदैनन् र पेट खराब हुन्छ । ल्याक्टोजको समस्या  दूध र डेरी उत्पादनमा चिनी पचाउन आवश्यक इन्जाइमको कमी शरीरमा छन् भने पनि खाएपछि बान्ता वा अपच हुनसक्छ । त्यस्तै, प्रतिरक्षा प्रणाली कमजोर हुने, थकान,  छालामा पनि समस्या गराउन सक्छ । यी खानेकुरामा इन्जाइमको क्षमता बढाउने शक्ति हुन्छ । एभोकाडो, मेवा, आँप, केरा, किवी, अदुवा, स्याउ, अंगुर, अन्जीर, मह र बन्दाकोपी लगायतका प्राकृतिक खानेकुरा ।