गर्मीमा घमौराबाट कसरी बच्ने 

३ महिना अघि

२0८१ जेष्ठ २0 आईतवार

गर्मीमा घमौराबाट कसरी बच्ने 

गर्मीयाममा छालासम्बगर्मीमा घमौराबाट कसरी बच्ने न्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक प्रकारको संक्रमण हो, जुन पसिना ग्रन्थीका प्वालहरु कुनै बन्द भएमा आउने गर्छ । अर्थात् छालामा पसिनाका कारण आउने स(साना बिमिरालाई घमौरा भनेर बुझिन्छ । पसिना निस्कने प्वाल तीन तरिकाले बन्द हुनसक्छ । छालाको सबैभन्दा माथिको पसिना निस्कने प्वाल बन्द भएर आउँछ । यसलाई मिलिरिया क्रिस्टालिना भनिन्छ । जसमा स(साना पानीको थोपाजस्तो देखिन्छ र बिमिरा आउँछ । अधिकांशलाई आउने यही प्रकारको घमौरा हो । घमौराको समस्या सबैलाई हुनसक्छ । तर यसको समस्या भर्खरै जन्मेका शिशु र ज्वरो आउने बेलामा धेरै हुन्छ ।

उपचार
छाला चिलाउने भएमा औषधिको रुपमा यसमा क्यालामाइन लोसनको प्रयोग गर्न सकिन्छ । यो एक ओभर द काउन्टर ९ओटीसी० औषधि हो, जुन छाला हल्का चिलाउँदा प्रयोग गर्न सकिन्छ । शरीरलाई चिसो बनाउन चिसो पाउडरको प्रयोग गर्न सकिन्छ । यसले घमौरा कम गर्दैन र यसबाट हुने चिडचिडापन, पोल्ने र चिलाउने समस्यालाई राहत दिने गर्छ । पोल्ने समस्या छ भने सेट्रिजन औषधि खान सकिन्छ ।

बच्ने उपाय
घमौरा आउन नदिने पहिलो उपाय भनेको गर्मीबाट जोगिनु हो । त्यसैले घमौराको समस्या भएमा घाममा कम बस्ने गर्नुपर्छ । शरीरको तापक्रमलाई नियन्त्रण गर्नका लागि धेरै गर्मी भएमा पंखा,  एसी, कुलर वा चिसो भएको ठाउँमा बस्न सकिन्छ । धेरै पसिना आउने क्रियाकलाप जस्तै खेल्ने, कुद्ने, दौडिने व्यायाम लगायत कम गर्नुपर्छ । कोठामा हावाको आवतजावत बढाउन झ्यालढोका खुल्ला राख्नुपर्छ । शरीरलाई शीतल बनाउने कपडा लगाउँदा सुतीको, कटनको र प्राकृतिक कपडाहरु लगाउनुपर्छ । शरीरलाई चिसो बनाउन नियमित रुपमा दिनकै नुहाउने गर्नुपर्छ ।

डा विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ