सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

३ महिना अघि

२0८१ जेष्ठ २0 आईतवार

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।