टी २० विश्वकप  पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो

३ महिना अघि

२0८१ जेष्ठ २0 आईतवार

टी २० विश्वकप  पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो


टी २० विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले सानदार जित हात पारेको छ । डालासमा भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १४ बलअगावै भेट्टाएको हो । अमेरिकाका लागि आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले अविजित रहँदै ४० बलमा १० छक्का र ४ चौका गरी ९४ रन बनाए । त्यस्तै एन्ड्रिएस गोसले ४६ बलमा ३ छक्का र ७ चौकाको सहयोगमा ६५ रन बनाए । क्यानडाका लागि कलीम साना, डिलन हेलिगर र निखिल दत्तले १ १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । त्यस्तै निकोलस किर्टोनले ५१ रन बनाउँदा श्रेयस मोव्वाले ३२ रन बनाए । अमेरिकाका लागि अली खान, हर्मीत सिंह र कोरी एन्डरसनले १ १ विकेट लिए ।